Like us!
Follow us!
Connect us!
Watch us!

बेनी हाइड्रोपावरको आईपीओ चैत १ बाट खुल्दै, पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर

अर्थ संसार

शुक्रबार, १५ फागुन २०८२, ०८ : ५३ मा प्रकाशित

बेनी हाइड्रोपावरको आईपीओ चैत १ बाट खुल्दै, पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आगामी चैत १ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को पहिलो चरण सुरु गर्ने भएको छ। कम्पनीले यस चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता दिने जनाएको छ।

कम्पनीले सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि १० लाख ४० हजार कित्ता सेयर छुट्याएको छ। यस समूहअन्तर्गत न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन अवधि चैत १५ गतेसम्म रहनेछ। तोकिएको अवधिसम्म पर्याप्त आवेदन नपरेमा अवधि चैत ३० गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ। यस समूहले पनि न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त समूहका लागि आवेदन दिने अन्तिम मिति चैत ५ गते तोकिएको छ।

नेपाल धितोपत्र बोर्डले माघ २९ गते कम्पनीलाई आईपीओ निष्काशनको स्वीकृति प्रदान गरेको थियो। स्वीकृतिअनुसार कम्पनीले कुल २० करोड ८० लाख रुपैयाँ बराबरका २० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्नेछ। यसमध्ये पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिनेछ भने त्यसपछि बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिनेछ।

सेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनएमबि क्यापिटलले सम्हालेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको