Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तको आईपीओमा परेको आवेदन भेरीफाइ गर्न बैंकलाई हम्मेहम्मे, अहिलेसम्म कति पर्यो आवेदन ?

अर्थ संसार

आइतबार, ०२ फागुन २०७७, १७ : २७ मा प्रकाशित

महिला लघुवित्तको आईपीओमा परेको आवेदन भेरीफाइ गर्न बैंकलाई हम्मेहम्मे, अहिलेसम्म कति पर्यो आवेदन ?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा परेको आवेदन भेरीफाइ गर्न बैंकहरुलाई हम्मेहम्मे परेको छ । आईपीओ निष्कासन गरेको दिन गरी दुई दिन अर्थाता माघ ३० गते सार्वजनिक विदा र फागुन १ गते शनिबार मेरो सेयरबाट परेको आवेदन भेरीफाई गर्न हम्मेहम्मे परेको हो ।

बिदाको दिनमा पनि लगानीकर्ताले मेरो सेयरबाट घरबाटै आवेदन दिएका थिए ।  बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्टले दिएको सूचनाले पनि अझै लाखौं लगानीकर्ताको आवेदन भेरीफाइ भएको देखिदैन ।अहिले कुनै पनि कम्पनीको आईपीओ निष्कासन हुँदा १५ लाख भन्दा बढी जना आवेदकको सेयर आवेदन पर्ने गर्छ । 

आइतबार साँझसम्म बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्टको अनुसार  १ लाख ५३ हजार ७६ जना आवेदकबाट २३ लाख ४ हजार १२० कित्ताको लागि आवेदन दिएका छन् ।

ताकि, आइपिओ निष्काशन भएको तीन दिन भैसक्यो । शनिबार पनि लगानीकर्ताले सजिलै मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

आईपीओको लगानीकर्तालाई ३००% सम्म बोनस सेयर दिन सक्ने अबस्थामा छौंः कृष्णप्रसाद न्यौपाने

 संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

  जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

लगानीकर्ताहरुले उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि छिटोमा फागुन ४ गतेदेखि ढीलोमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । 
 
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।माग भन्दा धेरै आवेदन पर्ने भएकोले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँ लगानी गर्नु राम्रो हुन्छ । 

How To Apply IPO Through MERO SHARE | मेरो सेयरबाट आईपिओमा आवेदन कसरी दिने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको