नेपाल बंगलादेश बैंक लिमिटेडले नगद लाभांश आफ्नो सेयरधनीहरुको खाताका जम्मा गरेको छ ।
बैंकले पुस २६ गते सम्पन्न २६औं साधारणसभाबाट पारित भएको आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट २.४२ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएका सेयरधनीको खातामा जम्मा गरेको हो ।
आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन बाँकी रहेका सेयरधनीहरुलाई डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउनपनि बैंकले आग्रह गरेको छ ।
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस