Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेश बैंकको एक्विजिसन पछि २० शाखा कार्यलय घटाउँदै नबिल बैंक

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, ०६ : ५९ मा प्रकाशित

नेपाल बंगलादेश बैंकको एक्विजिसन पछि २० शाखा कार्यलय घटाउँदै नबिल बैंक

नेपाल बंगलादेश बैंकलाई प्राप्त गरी असार २७ गतेदेखि संयुक्त कारोबारको तयारीमा रहेको नबिल बैंक लिमिटेडले साविक बंगलादेश बैंक र नबिलका केहि शाखा कार्यलयहरु बन्द तथा स्थानान्तरण गर्ने भएको छ । 

बैंकले आज शुक्रबार एक सूचना प्रकाशित गर्दै नेपाल बंगलादेश बैंक र नबिल बैंकका विभिन्न स्थानमा रहेका शाखा कार्यलयहरु बन्द तथा स्थानान्तरण गरिने जनाएको छ । बैंकका अनुसार विभिन्न १७ स्थानमा रहेका नेपाल बंगलादेश बैंकका शाखा कार्यलय हरु बन्द भई नजिकको नबिल बैंकको शाखामा समायोजन हुनेछन् भने ३ स्थानमा रहेका नबिल बैंकका शाका कार्यलयहरु बन्द भई नजिकको नेपाल बंगलादेश बैंकको शाखामा समायोजन हुनेछन् ।  

नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । 

एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने देखिन्छ । हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रहेको छ । यस एक्विजिसन पश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पुँजी करिब २३ अर्बको हुनेछ ।

बैंकको सूचनाः 

62c7885e9ca20.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको