Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इन्भेष्टमेन्ट र नेपाल बंगलादेश क्यापिटलको एकिकृत कारोबार सुरू

अर्थ संसार

शुक्रबार, ०१ पुस २०७९, १४ : ४२ मा प्रकाशित

नबिल इन्भेष्टमेन्ट र नेपाल बंगलादेश क्यापिटलको एकिकृत कारोबार सुरू

नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड एक आपसमा गाभिई आज पौष १ गतेदेखि एकिकृत कारोबारको सुरू गरेका छन् ।

दुवै संस्थाको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डद्धारा जारी गरिएको धितोपत्र व्यबसायी (मर्चेन्ट बैँकर) नियमवाली २०६४ को नियम बमोजिम सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा गाभिएमा वा कुनै एकले प्राप्त (मर्जर/एक्विजिसन) गरेमा एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गर्नु पर्ने र गाभिने वा प्राप्त गर्ने कार्य सम्पन्न भएको छ महिनाभित्र मर्चेन्ट बैंकिङ्ग व्यवसायको लागि एक मात्र सहायक कम्पनी कायम गरी सक्नु पर्ने कानुनी व्यवस्था अनुरुप यस संस्थाका प्रवर्धक नबिल बैंकले एनबी बैंकलाई प्राप्ती गरेपश्चात् भाद्र २१, २०७९ मा यस संस्था र एनबी क्यापिटल बीच सैद्धान्तिक सहमति भई संयुक्त मर्जर कमिटी गठन गरिएको थियो । 

मंसिर १८ मा दुवै संस्थाले आ–आफ्नो विशेष साधारण सभा गरी एक आपसमा गाभ्ने गाभिने सम्बन्धि एजेन्डा पारित गरिएको थियो । बिशेष साधारण सभाबाट अनुमोदित निर्णय सहित दुवै संस्थाबाट एकिकृत कारोवारका लागि कम्पनी रजिष्ट्रारको कार्यलय निवेदन पेश गरिएको र कम्पनी रजिष्ट्रारबाट एकिकृत कारोवारको लागि स्विकृति प्राप्त भए पश्चात् गत मंसिर २७ गते यस कम्पनीको संचालक समितिको निर्णय बमोजिम आज पौष १ गतेका दिन देखि एकिकृत कारोवार गर्ने निर्णय बमोजिम उक्त घोषणा सभाको आयोजना गरिएको थियो । 

घोषणा सभामा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना लगायत बैंकका उपप्रमुख कार्यकारी अधिकृतहरु तथा साविक नेपाल बंगलादेश क्यापिटलका सञ्चालकहरु र नबिल ईन्भेष्टका सञ्चालकहरुको उपस्थिती रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको