नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरी भाेलि असार २७ गते, साेमबारबाट एकिकृत काराेबार सुरू गर्दैछ ।
नबिल बैंक लिमिटेडकाे जेठ ७ गते, शनिबार सम्पन्न भएकाे विशेष साधारण सभामा नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिएकाे थियाे ।
नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको नाम नबिल बैंक लिमिटेड र बैंकको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला, कमनपा १ तीनधारा, दरबारमार्ग, काठमाडौँ नै रहनेछ ।
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००:४३ काे अनुपातमा प्राप्ति गरेकाे हाे । यसकाे अर्थ नेपाल बंगलादेश बैंकका सेयरधनीहरूले आफ्नो १०० कित्ता सेयर बराबर नबिल बैंकको ४३ कित्ता सेयर प्राप्त गर्नेछन् ।
नेपाल बंगलादेश बैंकलाई १००:४३ काे अनुपातमा प्राप्ति गरेपछि बैंककाे सेयर संरचना यस प्रकारकाे हुनेछ :
प्राप्तिपश्चात् बैंककाे पूँजी संरचना यस प्रकारकाे हुनेछ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस