Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले नेपाल बङ्गलादेशलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायाे अन्तिम स्विकृती

अर्थ संसार

बुधबार, १५ असार २०७९, १४ : १९ मा प्रकाशित

नबिल बैंकले नेपाल बङ्गलादेशलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायाे अन्तिम स्विकृती

नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकले अन्तिम स्विकृती प्रदान गरेकाे छ । राष्ट्र बैंककाे बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले अन्तिम स्विकृती प्रदान गरेकाे हाे । 

नबिल बैंक लिमिटेडकाे जेठ ७ गते, शनिबार सम्पन्न भएकाे विशेष साधारण सभामा नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिएकाे थियाे ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको नाम नबिल बैंक लिमिटेड र बैंकको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला, कमनपा १ तीनधारा, दरबारमार्ग, काठमाडौँ नै रहनेछ ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००:४३ काे अनुपातमा प्राप्ति गरेकाे हाे । यसकाे अर्थ नेपाल बंगलादेश बैंकका सेयरधनीहरूले आफ्नो १०० कित्ता सेयर बराबर नबिल बैंकको ४३ कित्ता सेयर प्राप्त गर्नेछन् । 

नेपाल बंगलादेश बैंकलाई १००:४३ काे अनुपातमा प्राप्ति गरेपछि बैंककाे सेयर संरचना यस प्रकारकाे हुनेछ :

प्राप्तिपश्चात् बैंककाे पूँजी संरचना यस प्रकारकाे हुनेछ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको