नबिल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकसंग मर्जरमा गएका विभिन्न वित्तिय संस्थाहरुको साधारणसभा बाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो ।
बैंक संग मर्ज भएका साविकका युनाइटेड फाइनान्स र नेपाल बंगलादेश बैंकका ५ बर्ष भन्दा पहिले सम्पन्न विभिन्न साधारणसभाले पारित गरेका लाभांशहरु केहि सेयरधनीहरु हालसम्म पनि नलिएकोले उक्त लाभांश पुर्जा लिन बैंकले सेयरधनीहरुलाई आग्रह गरेको हो । सेयरधनीहरुले बैकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ काठमांडौमा सम्पर्क गर्न बकले अनुरोध गरेको छ ।
अन्यथा, प्रचलित कानुन बमोजिम नगद लाभांश बापतको सम्पूर्ण रकम उक्त लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्न पठाइने समेत बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस