Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लघुवित्तको साधारण सभा आज हुँदै : यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, ०८ : ४२ मा प्रकाशित

सामुदायिक लघुवित्तको साधारण सभा आज हुँदै : यस्ता छन् पारित हुने एजेन्डा

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साताैँ वार्षिक साधारण सभा आज (फागुन ५ गते, बुधबार) हुँदैछ । 

संस्थाकाे माघ ८ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे साताैँ वार्षिक साधारण सभा लहरीखर्क रिसाेर्ट, साँगा, काभ्रेपलाञ्चाेकमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

संस्थाले चालु आर्थिक वर्ष २०७६/७७ मा शेयरधनीहरूका लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेकाे छ ।  त्यसैले, संस्थाका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ ।

संस्थाले साधारण सभा प्रयाेजनका लागि माघ २५ गते बुकक्लाेज गरेको थियाे । त्यसैले, माघ २४ गतेसम्म नेप्सेमा काराेबार भएर कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको