सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधीहरूले गत आर्थिक वर्षको २०७७/७८ को मुनाफाबाट कुनै प्रकारकाे लाभांश नपाउने भएका छन् ।
संस्थाकाे आज (मंसिर २२ गते, बुधबार) बिहान बसेकाे सञ्चालक समितिकाे बैठकले लाभांश प्रस्ताव नगरी तयार गरीएको आर्थिक वर्षको २०७७/७८ को वार्षिक प्रतिवेदन स्विकृत गरी वार्षिक साधारण सभाका लागि नेपाल राष्ट्र बैकंमा पेश गरेको छ ।
साेही सूचना मार्फत् संस्थाले आर्थिक वर्षको २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश, बाेनस सेयर तथा हकप्रद सेयर वितरण गरिने कुनै प्रस्ताव नगरिएकाे जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस