Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लघुवित्त र विपिडब्लु लघुवित्तबीच मर्जर सम्झौता

अर्थ संसार

आइतबार, ०३ पुस २०७९, ११ : ३९ मा प्रकाशित

सामुदायिक लघुवित्त र विपिडब्लु लघुवित्तबीच मर्जर सम्झौता

सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड र विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ । यी दुई संस्थाबीच पाैष १ गते, शुक्रबार मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ ।

त्यसैले, नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता गरिएका संगठित संस्था एक आपसमा गाभ्ने / गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिका २०७९ को दफा ३ (१) मा भएको व्यवस्था संस्थाका तलकाे सूचनामा उल्लेख गरिए बमोजिम सामुदायिक लघुवित्तका आधारभुत शेयरधनीहरुको दफा ७ मा भएको व्यवस्था अनुसारको साधारण सभा सम्पन्न नभएसम्मको लागि संस्थाको सेयर कारोबार रोक्का राखिएकाे छ । 

विपिडब्लु लघुवित्त भने नेप्सेमा सूचिकृत छैन । 

सूचना हेर्नुहाेस् :

639eab8bcdb26.JPG 639eab9381207.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको