Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लघुवित्तले डाक्याे साधारण सभा, सेयरधनीकाे हात खाली

अर्थ संसार

विहीबार, ०८ पुस २०७८, १२ : ३२ मा प्रकाशित

सामुदायिक लघुवित्तले डाक्याे साधारण सभा, सेयरधनीकाे हात खाली

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे हिजाे पाैष ७ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे आठाैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार हिमालय दृश्य रिसाेर्ट, बनेपा-६, भू टावर मार्ग, काभ्रेपलाञ्चाेकमा बिहान ९ बजेदेखि सुरु हुनेछ । 

संस्थाले आर्थिक वर्षको २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएकाे छ । त्यसैले, संस्थाका सेयरधनीहरूकाे हात खाली हुनेछ । 

संस्थाले साधारण सभा प्रयाेजनका लागि पाैष २१ गते, बुधबार बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61c41d4076d99.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको