Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लघुवित्तको नाफा १६०.८७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, २६ साउन २०७८, ०५ : ४६ मा प्रकाशित

सामुदायिक लघुवित्तको नाफा १६०.८७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाले राम्रो प्रगति गरेको देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड ७३ लाख ३५ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १६०.८७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ६६ लाख ४५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १० करोड ९५ लाख ३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ८ करोड ४० लाख ४६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाको सञ्चालन नाफा पनि १०४.०६ प्रतिशतले बढेर १ करोड ९९ लाख ५५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाको सञ्चालन नाफा ९७ लाख ७९ हजार रूपैयाँ मात्र रहेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी १३ करोड २० लाख रूपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ६ करोड ६६ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको रिजर्भको आकारमा ३२.३२ प्रतिशतले बृद्धि भएको छ ।  

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनूपात (पिई रेसियो) ११५.५९ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको