Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाइनान्सको ऋणपत्र बाँडफाँड

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, १२ : १४ मा प्रकाशित

मञ्जुश्री फाइनान्सको ऋणपत्र बाँडफाँड

मञ्जुश्री फाइनान्स लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । कम्पनीले माघ १८ गते, आइतबारबाट माघ २३ गते, शुक्रबारसम्म निष्कासन तथा बिक्री खुला गरेकाे ऋणपत्रको फागुन ३ गते, साेमबार बाँडफाँड गरेको हो ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई फागुन ३ गते, साेमबार बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको  छ ।

फाइनान्सले ८ वर्ष अवधिको लागि ‘९.५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर २०८५’ नाममा ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेकाे थियाे । जसमध्ये फाइनान्सले सर्वसाधारणका लागि २ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  ३ लाख कित्ता बिक्री खुल्ला गरेकाे हाे । 

कम्पनीले प्रकाशन गरेको सुचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको