Like us!
Follow us!
Connect us!
Watch us!

९० हजार आवेदन भेरीफाई हुन बाँकी, अहिलेसम्म महिला लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ?

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, १७ : ५४ मा प्रकाशित

महिला लघुवित्त वित्तिय संस्थाको आईपीओमा १५ लाख २० हजार  १ सय २८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन दिएका छन् ।

तर, यी मध्ये १४ लाख ३० हजार ०३८ आवेदनको मात्र भेरीफाई भएका छ । जसबाट २ करोड २० लाख २१ हजार ९० रुपैयाँको आवेदन परेको छ । बाँकी ९० हजार ९० कित्ता भेरीफाई हुन बाँकी रहेको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले अर्थ संसारलाई जानकारी दिएको छ । 

याे सर्वसाधारणको लागि माग गरिएकाे ३ लाख ७५ हजार कित्ता भन्दा ६२.४९ गुणा धेरै आवेदन हाे । माग भन्दा ६२.४९ गुणा धेरै आवेदन परेकाे हुनाले यस आइपिओ हात पार्न हम्मेहम्मे देखिन्छ ।

संस्थाले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म निष्कासन भएको आईपीओ  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । 

आईपीओको लगानीकर्तालाई ३००% सम्म बोनस सेयर दिन सक्ने अबस्थामा छौंः कृष्णप्रसाद न्यौपाने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको