Like us!
Follow us!
Connect us!
Watch us!

केही समयपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ बाँडफाँट

विहीबार, २१ बैशाख २०७४, १२ : १८ मा प्रकाशित

केही समयपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ बाँडफाँट

अर्थ संसार, 
काठमडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंकको फर्दर पब्लिक अफरिङ (एफपिओ)  अबको २४ घण्टाभित्र बाँडफाँड हुने भएको छ ।  बिक्री प्रबन्धक एनएमबि क्यापिटलले  एफपिओ  बाँडफाँट गर्ने जनाएको छ ।

क्यापिटलका अनुसार बैंकको एफपिओ विहिबार वा शक्रबार बाँडफाँट हुनेछ ।बैंकले चैत १ देखि ४ गतेसम्म ११ सय ९० प्रिमियम थपगरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार १४० कित्ता शेयर निष्काशन गरेको थियो ।

जसमा करिब दुई लाख २५ हजार लगानीकर्ताबाट ३८ अर्बको आवेदन परेको थियो । नेपाल धितोपत्र बोर्डले बैंकका सेयर निष्काशन तथा बिक्री प्रबन्धकलाई अघिल्लो शुक्रबार पत्र लेखेरै सार्वजानिक निष्कासनको बिक्री बन्द भएको ५० दिनभित्रै सेयर बाँडफाँट गर्न निर्देशन दिएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको