Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी क्यापिटलको ‘कुमारी इक्विटी फन्ड’ फागुन १४ गतेबाट बजारमा

अर्थ संसार

विहीबार, ०६ फागुन २०७७, १० : २६ मा प्रकाशित

कुमारी क्यापिटलको ‘कुमारी इक्विटी फन्ड’ फागुन १४ गतेबाट बजारमा

कोष प्रबन्धक कुमारी बैंक लिमिटेड रहेको र कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा संचालन हुने ८० करोडको  ८ करोड इकाइ‘कुमारी इक्विटी फन्ड’ फागुन १४ गतेबाट निष्कासन हुने भएको छ।  

यस योजना  १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाइ कोष प्रबद्र्धक कुमारी बैंकका लागि र  बाँकी ६ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ । 

यो दशवर्षे बन्दमुखी योजना हो । लगानीकर्ताले यो योजनामा फागुन १४ गतेबाट फागुन २८ गतेसम्म आवेदन गर्दा न्यूनतम १०० इकाइ र अधिकृत ८० लाख इकाइसम्म आवेदन दिन सकिनेछ। 

इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ। 

कहाँ-कहाँबाट दिने आवेदन ?
यस योजनाका इकाइमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीअन्तर्गत साथै मेरो सेयर अनलाइल प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था छ। 

कुमारी इक्विटी फन्डको बारेमा अन्य जानकारीको लागि तलको सूचना हेर्नुहोस्:-

602df96b7e906.JPG 602df9702336e.JPG 602df97879401.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको