Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी इक्वीटी फण्डको सेयर लगानी बढ्यो, न्याभ कति ?

अर्थ संसार

शुक्रबार, ११ असार २०७८, १३ : १६ मा प्रकाशित

कुमारी इक्वीटी फण्डको सेयर लगानी बढ्यो, न्याभ कति ?

कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले २०७८ साल जेष्ठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

जेष्ठ मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ ७६ पैसा पुगेको छ । उक्त मूल्य वैशाख मसान्तकाे तुलनामा ४२ पैसाले बढेकाे हाे । वैशाख मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ३४ पैसा रहेकाे थियो ।

त्यसैगरी, जेष्ठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ५६ करोड २१ लाख ३३ हजार ७ सय ४६ रूपैयाँ पुगेकाे छ । उक्त लगानी वैशाख मसान्तकाे तुलनामा ३ कराेड रूपैयाँ भन्दा धेरै हाे ।वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ४० करोड ७१ लाख ४७ हजार ८ सय २६ रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, कुमारी इक्वीटी फण्डले विभिन्न प्रकारका २८ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै बैंकले लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ३० करोड ६५ लाख ६४ हजार रुपैयाँमा सीमित भएको छ । वैशाख मसान्तसम्मकाे तुलनामा घटेकाे हाे । वैशाख मसान्तसम्ममा फण्डकाे बैंक मौज्दातमा ४२ करोड ६४ लाख ९९ हजार रूपैयाँ रहेकाे थियाे ।

फण्डले सार्वजनिक गरेकाे जेष्ठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60d588694ca02.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको