Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी इक्विटी फण्डकाे मूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

सोमबार, १८ भदौ २०८०, १० : ३२ मा प्रकाशित

कुमारी इक्विटी फण्डकाे मूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एकसचेञ्ज (नेप्से) मा कुमारी इक्विटी फण्डकाे मूल्य समायाेजन भएकाे छ । 

कुमारी क्यापिटलद्धारा सञ्चालित कुमारी इक्वीटी फण्डकाे १० प्रतिशत नगद लाभांशपछि नेप्सेले प्रतिइकाई ८ रूपैयाँ २० पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले हिजाे आइतबारकाे अन्तिम काराेबार मूल्य ९ रूपैयाँ २० पैसाका आधारमा मूल्य समायाेजन गरेकाे हाे ।

कुमारी क्यापिटलद्धारा सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले नगद लाभांश वितरण गर्नका लागि आज भदाै १८ गते, साेमबार बुकक्लोज गर्ने भएका छन् । त्यसैले, भदाै १७ गते, आइतबारसम्म नेपाल स्टक एक्सचेञ्जमा काराेबार भई कायम हुने सेयरधनीहरुले मात्रै यी दुई फण्डले प्रदान गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । 

कुमारी क्यापिटलकाे साउन २५ गते, बिहीबार बेलुका बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७९/८० को लागि  “कुमारी सामूहिक लगानी कोष" अन्तर्गत सञ्चालित योजना कुमारी इक्वीटी फण्डले १० प्रतिशत (कर सहित) र कुमारी धनवृद्धि योजनाले ६ प्रतिशत (कर सहित) का दरले आ-आफ्ना इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको