Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तमा रोजगारी अवसर

अर्थ संसार

विहीबार, ०६ फागुन २०७७, १६ : ४७ मा प्रकाशित

साधना लघुवित्तमा रोजगारी अवसर

साधना लघुवित्त वित्तीय संस्थाले नायब महाप्रबन्धक पदका लागि कर्मचारीको माग गरेको छ । मिति फागुन ५  गते वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाए अनुसार आफ्नो  योग्यता पुगेका जो कसैले फागुन ११  गतेसम्म उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ । 

दरखास्तवालाले मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाहरुमा कम्तिमा १० वर्ष र लघुवित्त कम्पनीमा ३ वर्ष काम गरेको हुनुपर्ने लघुवित्तले जनाएको छ । साथै, व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका दरखास्तवालाहरुलाई विशेष प्राथमिकता समेत दिने जनाएको छ ।

गोरखा नगरपालिका ६ हरामटारीमा केन्द्रिय कार्यालय रही राष्ट्रिय स्तरको लघुवित्तको रुपमाकार्य सञ्चालन गर्दै आएको यस लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको