Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डू लुम्बिनीको नाफा ८८ करोड

विहीबार, २१ बैशाख २०७४, १३ : २६ मा प्रकाशित

बैंक अफ काठमाण्डू लुम्बिनीको नाफा ८८ करोड

अर्थ संसार,
काठमाडा–ैँ बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटटेडले चालू आर्थिक बर्षको नौ महनिामा रु ८८ करोड ६७ लाख १३ हजार खुद मुनाफा गरेको छ ।

बैंकले गत आवको सोही अवधिमा रु  ४८ करोड ३५ लाख १३ हजार नाफा गरेको थियो । चुक्ता पुँजी रु पाँच अर्ब ६९ करोड ९५ लाख ७६ हजार रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा रु ७० अर्ब ६७ करोड ५५ लाख ७४ हजार निक्षेप संकलन गरी रु ६२ अर्ब ७४ करोड सात लाख पाँच हजार कर्जा प्रवाह गरेको छ ।

 घरजग्गा क्षेत्रमा रु तीन अर्ब ७१ करोड १५ लाख ६९ हजार कर्जा प्रवाह गरेको बैैकले सो अवधिमा रु एक अर्ब ९३ करोड ७७ लाख ९८ हजार खुद ब्याज आम्दानी गरेको छ ।

प्रोभिजन रकम रु २१ करोड ६८ लाख ८४ हजार रहेको बैंकले राईट व्याक रकम रु १० करोड ७० लाख ४८ हजार रहेको छ भने निष्क्रिय कर्जाको अनुुुपात एक दशमलव ७६ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा बैैकले रु ४० अर्ब ७१ करोड ९८ लाख ५७ हजार निक्षेप संकलन गरी रु ३४ अर्ब ८५ करोड ५२ लाख १८ हजार कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा रु एक अर्ब सात करोड ८६ लाख ५५ हजार खुद ब्याज आम्दानी गरेको बैैकमा तीन दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको