Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्राेको आईपीओमा पर्यो मागभन्दा धेरै आवेदन

अर्थ संसार

शुक्रबार, ०७ फागुन २०७७, १७ : ०४ मा प्रकाशित

सिंगटी हाइड्राेको आईपीओमा पर्यो मागभन्दा धेरै आवेदन

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा मागभन्दा धेरै आवेदन परेकाे छ ।

कम्पनीले माघ ४ गते, आइतबारबाट फागुन ३ गते, साेमबारसम्म आयोजना प्रभावित स्थानियहरूका लागि  १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो ।

उक्त आईपीओमा १९ हजार १ सय ९८ जना आवेदकहरुले १७ लाख ४५ हजार ३ सय ५३ कित्ताको लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडले जानकारी दिएकाे छ । याे आयोजना प्रभावित स्थानियहरूका लागि माग गरिएकाे भन्दा २०.३७ प्रतिशत बढी आवेदन हाे ।

पहिलो चरणको उक्त सेयर बाँडफाँड भए पश्चात दाेश्राे चरणमा सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर  (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेकाे थियाे ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको