Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गर्नुहोस् ! ज्योति लाइफ इन्स्योरेन्सले पायो आईपीओ ल्याउन बोर्डबाट अनुमति

अर्थ संसार

आइतबार, ०९ फागुन २०७७, १६ : ३० मा प्रकाशित

पैसा जम्मा गर्नुहोस् ! ज्योति लाइफ इन्स्योरेन्सले पायो आईपीओ ल्याउन बोर्डबाट अनुमति

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण शेयर (आईपीओ) जारी गर्ने अनुमति पाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाेमा धितोपत्र बोर्डले फागुन ७ गते, शुक्रबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

60323817a4a55.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको