Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफको आईपीओको आवेदनमा नयाँ रेकर्ड, पर्ने सम्भावना कति ?

अर्थ संसार

बुधबार, २६ फागुन २०७७, १७ : २८ मा प्रकाशित

ज्योति लाइफको आईपीओको आवेदनमा नयाँ रेकर्ड, पर्ने सम्भावना कति ?

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) ले रेकर्ड ब्रेक गरेकाे छ । कम्पनीकाे आईपीओमा हालसम्म कै उच्च आवेदन परेकाे छ ।

अन्तिम दिन बुधबार साँझ ५ बजे सम्ममा कम्पनीको आईपीओमा १८ लाख ४ हजार ६ सय ४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७ सय १० कित्ता सेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्कासनमा गरिएको ५९ लाख ४० हजार कित्ताको ६.४ गुणा बढी हो ।

कम्पनीले सर्वसाधारणका लागि ५९ लाख ४० हजार कित्ता छुट्ट्याएकोमा न्यूनतम १० कित्ताका दरले वितरण गर्दा ५ लाख ९४ हजार आवेदकले मात्र सेयर पाउने छन् । यसरी हेर्दा कम्पनीको आइपिओमा आवेदन दिनेमध्य ३२.९१ प्रतिशत आवेदकले मात्र सेयर प्राप्त गर्नेछन् ।  

कम्पनीले फागुन २१ गते, शुक्रबारदेखि आज (फागुन २६ गते, बुधबार) सम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।

उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेकाे थियाे । 

अहिलेको बजार Technical Bull, अबको बजार के दिगो होला? Share Analyst Dr. Keshav Shrestha

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको