Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाईफको आईपीओ बाँडफाँडको ठाउँ र समय तोकियो

अर्थ संसार

विहीबार, १२ चैत्र २०७७, १६ : १७ मा प्रकाशित

ज्योति लाईफको आईपीओ बाँडफाँडको ठाउँ र समय तोकियो

ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले  निश्कासन गरेको  आईपीओ बाँडफाँडको समय र ठाउँ तोकिएको छ ।  बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड अनुसार  ज्योति लाईफको केन्द्रिय कार्यालय, ज्ञानेश्वरमा शुक्रबार अर्थात चैत १३ गते दिनको ठिक १२ : ३० बजे बाँडफाँड हुनेछ । 

  कम्पनीले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म निष्कासन गरेको आईपीओमा मागभन्दा धेरै आवेदन परेको  गोलाप्रथाबाट बाँडफाँड हुनेछ । 

आईपीओ ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने भएका छन् । यता बाँकी १२ लाख १० हजार भन्दा धेरै आवेदक भने सेयर पाउनबाट वञ्चित हुनेछन् । 

कम्पनीको आईपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो ।

यो पनि पढ्नुहोस् 

प्रति सेयर आम्दानी ४ रुपैयाँ, सेयर मूल्य २ हजारमाथि,लगानीकर्ताको लगानी कति सुरक्षित ?

साल्ट ट्रेडिङ्गको ९ वर्षको लाभांश इतिहास : लगानीकर्ता हजारबाट करोडपति 

'बुक बिल्डिङ विधि लगानीकर्ताका लागि हितकर छैन भन्नु भ्रम मात्र हो'

सेयर बजारमा हुने चलखेलबाट कसरी बच्ने ? || Kamal Panthi || लगानीकर्ताको आवाज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको