Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाईफको आईपीओ बाँडफाँड ? यस्तो छ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको तयारी

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०७७, ०० : ०० मा प्रकाशित

ज्योति लाईफको आईपीओ बाँडफाँड ? यस्तो छ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको तयारी

ज्योति लाईफ इन्योरेन्सले जारी गरेको आईपीओको बाँडफाँड कहिले हुन्छ ? आईपीओ भर्ने आम लगानीकर्ताको चासोको विषय बनेको छ । आईपीओको कित्ता धेरै भएकोले पर्ने सम्भावना अलिअलि भएकाले आवेदकको बाँडफाँडको विषय बनेको हो ।

आईपीओको बाँडफाँट यसै साताभित्र हुनसक्ने सम्भावना रहेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी गराएको छ । एनएमबि क्यापिटलका अनुसार आवेदन रुजु गर्ने काम अझै बाँकी रहेका कारण मिति टुंगो लाग्न भने सकेको छैन । रुजुको काम सकिएमा यसै साता बाँडफाँट हुने र नसकिएमा अर्को साता लाग्ने बिक्री प्रबन्धको भनाई छ ।

सिटिजन लाईफको आईपीओ निष्कासनको गृहकार्य भैरहेको छ: पोषक राज पौडेल-सिईओ

ज्योति लाईफको आईपीओमा १८ लाख ४ हजार ६४८ जना लगानीकर्ताले आवेदन दिएका छन् । यो आवेदन हालसम्मकै उच्च हो । यसमा गोलाप्रथामार्फत ५ लाख ९४ हजार जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताको दरले आइपीओ पाउनेछन् ।

तसर्थ, कुल आवेदकमध्ये ३२.९२ प्रतिशत आवेदकले मात्र सेयर पाउनेछन् । बाँकी ६७.०८ प्रतिशत आवेदकको हात खाली हुनेछ । यद्दपि, आवेदन रुजु गर्ने काम अझै बाँकी रहेकाले आवेदक संख्यामा तलमाथि हुनसक्ने सम्भावना रहेको छ ।
 
कुल ५९ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको थियो । कुल ६६ लाख कित्तामध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता नै म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । 

Book Building विधि भनेको के हो ? Sarbottam Cement ले किन रु ७५०मा IPO जारी गर्दै छ? Ch-5।Sharemantra

Citizen Life Insurance को आइपिओ कहिले ? Book building मा आउने सम्भावना छ? Poshak Raj Paudel, CEO

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको