Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तको आईपीओ बाँडफाँड कहिले ? यसो भन्छ बिक्री प्रबन्धक

अर्थ संसार

आइतबार, ०९ फागुन २०७७, १६ : ५८ मा प्रकाशित

महिला लघुवित्तको आईपीओ बाँडफाँड कहिले ? यसो भन्छ बिक्री प्रबन्धक

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) को बाँडफाँड यसै साता हुने भएकाे छ ।

बुधबारसम्म प्रि–अलोटमेण्ट गरेर शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी रहेको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडकाे स्राेतले  जानकारी दिएकाे छ । हाल संस्थाकाे आइपीओकाे डाटा भेरिभाईको काम भइरहेकाे छ । भेरिभाईको काम सकिए लगत्तै प्रि–अलोटमेण्ट गरिनेछ ।

संस्थाले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । 

महिला लघुवित्तको आईपीओको लगानीकर्तालाई ३००% सम्म बोनस सेयर दिन सक्ने अबस्थामा छौंः कृष्णप्रसाद न्यौपाने

उक्त आईपीओमा १५ लाख १९ हजार १ सय २८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणको लागि माग गरिएकाे ३ लाख ७५ हजार कित्ता भन्दा ६२.४९ गुणा धेरै आवेदन हाे । माग भन्दा ६२.४९ गुणा धेरै आवेदन परेकाे हुनाले यस आइपिओ हात पार्न हम्मेहम्मे देखिन्छ ।  गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा लगभग ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने बाँकी आवेदकहरूकाे हात खाली हुनेछ । 

संस्थाले निष्कासन गरेको आईपीओमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

बैंकरहरुले नेपालको वित्तीय प्रणालीलाई धरासायी बनाउने काम गरे | RamChandra Pokharel

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको