Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लार्ज क्याप फन्डको १२ कराेड इकाई नेप्सेमा सूचिकृत

अर्थ संसार

मंगलबार, ११ फागुन २०७७, १४ : ४५ मा प्रकाशित

सानिमा लार्ज क्याप फन्डको १२ कराेड इकाई नेप्सेमा सूचिकृत

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) सानिमा लार्ज क्याप फन्डकाे १२ कराेड  इकाई सूचिकृत भएकाे छ ।

सानिमा क्यापिटल लिमिटेडले माघ ९ गते, शुक्रबारदेखि माघ १५ गते, बिहीबारसम्म "सानिमा लार्ज क्याप फन्ड" नामक सामुहिक लगानी कोष निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुल्ला गरेकाे थियाे । 

निष्कासन अवधी भित्र माग गरेभन्दा अधिक इकाई खरिदको लागि आवेदन पर्न आएकोले प्रचलित कानून बमोजिम योजनाको आकारमा २० प्रतिशत थप गरि हुन आएको.१० रूपैयाँ अंकित दरको १२ करोड इकाईहरुमध्ये बाँडफाँड गरिएको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको