Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश वितरण गर्न सानिमा क्यापिटलका २ वटा म्युचुअल फण्डले ताेके बुकक्लाेज मिति

अर्थ संसार

बुधबार, २३ भदौ २०७८, १२ : ४९ मा प्रकाशित

लाभांश वितरण गर्न सानिमा क्यापिटलका २ वटा म्युचुअल फण्डले ताेके बुकक्लाेज मिति

सानिमा बैंक काेष प्रवर्द्धक रहेकाे सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लाेज मिति ताेकेका छन् ।

दुवै फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि असाेज १ गते, शुक्रबार बुकक्लाेज गर्ने भएका छन् । त्यसैले, भदाै ३१ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने इकाईधनीहरूले मात्र लाभांश लिन सक्नेछन् ।

सानिमा क्यापिटलकाे भदाै १५ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ३३ प्रतिशत र सानिमा लार्ज क्याप फण्डका इकाईधनीहरूलाई करसहित ४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

फण्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6138626acf26c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको