Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

विहीबार, ३१ भदौ २०७८, १० : ३६ मा प्रकाशित

सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

सानिमा बैंक काेष प्रवर्द्धक रहेकाे सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले लाभांश सुरक्षित गर्ने आज (भदाै ३० गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । 

दुवै फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि (असाेज १ गते, शुक्रबार) बुकक्लाेज गर्ने भएका छन् । त्यसैले, आज (भदाै ३० गते, बिहीबार) सम्म नेप्सेमा काराेबार भई कायम हुने इकाईधनीहरूले मात्र लाभांश लिन सक्नेछन् ।

सानिमा क्यापिटलकाे भदाै १५ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ३३ प्रतिशत र सानिमा लार्ज क्याप फण्डका इकाईधनीहरूलाई करसहित ४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको