Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लार्ज क्याप फन्डको सेयर लगानी बढ्यो, न्याभ कति ?

अर्थ संसार

आइतबार, १३ भदौ २०७८, १३ : ०९ मा प्रकाशित

सानिमा लार्ज क्याप फन्डको सेयर लगानी बढ्यो, न्याभ कति ?

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फन्डले २०७८ साल साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

साउन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ११ रुपैयाँ १४ पैसा पुगेको छ । उक्त मूल्य असार मसान्तकाे तुलनामा ५९ पैसाले बढेकाे हाे । असार मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ५५ पैसा रहेकाे थियो ।

त्यसैगरी, साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ५४ करोड ७ लाख ८९ हजार रूपैयाँ पुगेकाे छ । उक्त लगानी असार मसान्तकाे तुलनामा ३ करोड ७७ लाख रूपैयाँले धेरै हाे । असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ५० करोड ३० लाख ७ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, सानिमा लार्ज क्याप फन्डले विभिन्न प्रकारका ४१ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ६४ करोड ११ लाख रुपैयाँ पुगेकाे छ । असार मसान्तसम्म फण्डकाे बैंक माैज्दात ५३ कराेड ७२ लाख रूपैयाँ रहेकाे थियाे ।

फण्डले सार्वजनिक गरेकाे साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

612b386c85b68.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको