Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राले बाटो मोड्दा सेयर बजारमा हलचल

नेप्से

मंगलबार, ११ फागुन २०७७, १५ : ०२ मा प्रकाशित

निफ्राले बाटो मोड्दा सेयर बजारमा हलचल

साताकाे तेश्राे काराेबार दिन आज (मंगलबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । मंगलबार प्रिसेसन काराेबारमा १९.६७ अंकले बढेर २६२७.३३ विन्दुमा पुगेको नेप्से परिसूचक काराेबारका क्रममा दिउँसाे एकचाेटी ८८ अंक भन्दा धेरैले घटेर २५१९ काे विन्दुमा झरेकाे थियाे । त्यसपश्चात पुन बजार सम्मालिएकाे देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक २१.१६ अंकले घटेर २५८६.५१ मा पुगेकाे छ । नेप्से ०.८१ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.४१ अंकले घटेर ४६७.९४ मा पुगेको छ ।

कूल २०५ वटा कम्पनीकाे एक कराेड ७७ लाख १४ हजार ९ सय १२ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४ सय २६ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार मंगलबार कारोबार भएका कूल १२ उपसमूहमध्ये व्यापार बाहेक सबै उपसमूहकाे शेयर राताम्मै देखिएकाे छ ।

त्यसैगरी, मंगलबार काराेबार रकमकाे आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । बैंककाे ७३ कराेड ९४ लाख ५२  हजार ५ सय १८ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे । मंगलबार नेपाल फाइनान्स, अपि पावर लगायतका शेयरधनीहरूले सर्वाधिक नाफा कमाउँदा निफ्रा, आँखुखाेला जलविद्युत लगायतका शेयरधनीहरूले भने आफ्नाे  आम्दानी गुमाएका छन् ।

           हेराैं आजकाे शेयर तालिका :

6034cb6fa579f.jpg 6034cb7650ad2.jpg 6034cb7d1877c.jpg 6034cb83947fe.jpg 6034cb8a27066.jpg 6034cba05821b.jpg 6034cba89fc08.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको