Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोच्चको फैसलाको असर : सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने विश्लेषण

अर्थ संसार

मंगलबार, ११ फागुन २०७७, २० : ०७ मा प्रकाशित

सर्वोच्चको फैसलाको असर : सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने विश्लेषण

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनलाई मंगलबार बदर गर्दै संसद पुनस्थापना गरेपछि नेपालको सेयर बजार कता जाला भन्ने चासो आम लगानीकर्ताहरुमा रहेको छ ।

नेपालमा मात्र नभएर बिश्वभरि नै देशको राजनीतिक परिवर्तनले सेयर बजारलाई प्रत्यक्ष प्रभावित गर्ने गर्दछ । हिजो र आज बजारमा देखिएको परिबर्तन पनि यही राजनीतिक परिवर्तनको अनुमानका कारण लगानीकर्ताहरुले आफ्नो लगानी सुरक्षित गर्ने मनासायले बिक्री बढाउँदा करेक्सन आएको सेयर बिश्लेषकहरुको तर्क छ । आज हामीले देशमा आएको यो राजनीतिक परिवर्तनले अबको सेयर बजार कता जाला भनेर केही सेयर बिश्लेषक तथा लगानीकर्ताका नेताहरुलाई सोधेका थियौं ।

उहाँहरुको भनाइ जस्ताको तस्तैः

छोटेलाल रौनियारः अध्यक्ष, नेपाल इन्भेष्टर फोरम

"बजारमा आज देशमा संककाल घोषणा हुन्छ भन्ने हल्लाका कारण लगानीकर्ताहरु आत्तियर सेयर बेच्न हजारो गर्दा सेयर बजार घटेको हो । सेयर बजारमा लगानी गर्नेहरु कहिल्यै पनि आत्तिने र मात्तिने गर्नु हुँनैन । यी दुबै लगानीकर्ताका सत्रु हुन् । हल्लाको आधारमा आत्तियर सेयर बेच्नेहरु मुर्ख हुन् । उनीहरु पछि फुर्सदमा पछुताउनु पर्छ । आज सर्वोच्च अदालतबाट भएको फैसलाले देशमा न्यायिक व्यबस्था कायमै रहेको अनुभव आम नागरिकलाई गराएको छ । देशमा अझै बिधिको साशन कायम छ भन्ने अनुभूती जनतालाई भएको छ ।

सर्वोच्वको यो फैसलालाई मैले व्यत्तिmगत तथा संस्थागत रुपमा स्वागत गरेको छु । अदालतको यो फैसलाले सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने कुरामा म विश्वस्त छु । अव प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा पदबाट राजिनामा दिनुपर्छ । सडकमा र सरकारमा भएका दुबै शक्तिहरु  संसदमा गएर सबै समास्याहरुको संवैधानिक समाधान खोजिनु पर्छ ।

अब देशमा अन्योलताको वातावरण हटेको छ । व्यक्ति  फेरिन सकछन् तर व्यवस्थाको जित भएको छ । अब नेपालको सेयर बजार थप मजबुत हुँदै नयाँ मुकाममा पुग्ने कुरामा कुनै पनि दुइ मत देखिँदैन । अब लगानीकर्ताहरुले बजारको हल्लाको पछाडि लागेर लगानी गर्नुभन्दा पनि कम्पनीका बारेमा राम्रो अध्ययन गरी बलिया कम्पनीहरुमा लगानी गर्न सकेमा जस्तो राजनीतिक परिबर्तन आए पनि त्यस्ता कम्पनीमा गरिएको लगानीबाट लगानीकर्ताहरुले नोक्सानी खानुपर्ने अवस्था आउँदैन ।"

बिमल तिवारीः सेयर बिश्लेषक

"अहिले नै यति मात्र राजनीतिक परिवर्तनले वा सर्वोच्वको संसद पुर्नस्थापना गर्ने फैसलाले मात्र नेपालको सेयर बजार ओरालो लाग्ने अवस्था देखिँदैन । नेपालको सेयर बजारले पहिलेको तुलनामा आफ्नो ट्रेन्ड बदलेको छ । जसको उदाहरणका रुपमा हामीले आजको कारोबारलाई पनि हेर्न सक्छौं ।

आज कारोबारका क्रममा कुनै समय नेप्से परिसूचक ८८ अंकले घटेको थियो । तर पुनः कारोबारका क्रममा सेयर बजार आफ्नो लयमा पmर्किँदा नेप्सेको परिसूचकको घटाई खुम्चियर २१ अंकमा मात्र सीमित हुन पुगेको छ।

अहिलेसम्मको राजनीतिक घटनाक्रमले मात्र सेयरबजारलाई कुनै दुरगामी प्रभाव पार्ने अवस्था देखिँदैन । एक दुई दिनसम्म बजार ओरालो लागे पनि बजार पुरानो लयमा फर्कने कुरामा दुई मत छैन । तर सरकारले संकटकाल नै लगायो, देशमा ठूलै राजनीतिक परिवर्तन भयो, समग्र अर्थव्यवस्था नै तहसनहस हुने अवस्था आयो भने मात्र सेयर बजारमा केही नकारात्मक परिवर्तन होला ।

अन्यथा अहिलेको अवस्थामा सेयर बजार तहसनहस नै हुन्छ भन्नु कुनै पनि दृष्टिकोणबाट सही देखिँदैन । यो उचाइमा पुगेको सेयर बजार एभ्रेज लाइनभन्दा तल आउँछ र सेयर खरिद गरौँला भन्ने कसैको सपना छ भने त्यो अहिलेनै त्यागि दिँदा हुन्छ । अब सेयर बजार एभ्रेज लाइनभन्दा तल आउने कुनै पनि सम्भावना देखिँनैन । अहिलेको सेयर बजार पहिले जस्तो अपरिपक्व छैन । बजारमा धेरै नै परिपक्वता आइसको कुरा आजको कारोबारबाट पनि बुझ्न सकिन्छ । त्यसकारण अहिले नै लगानीकर्ताहरु आत्तिनु पर्ने अवस्था म देख्दिन ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको