Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफको आइपिओ निष्कासनको तयारी हुँदै, जारी मितिबारे के भन्छ बिक्री प्रबन्धक ?

अर्थ संसार

विहीबार, १३ फागुन २०७७, ०४ : १२ मा प्रकाशित

ज्योति लाइफको आइपिओ निष्कासनको तयारी हुँदै, जारी मितिबारे के भन्छ बिक्री प्रबन्धक ?

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन महिना भित्रै साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ ।

हाल म्युचुअल फण्डकाे अलाेटमेन्ट गर्ने कार्य भइरहेकाे र आइपिओ निष्कासनकाे तयारी पनि गरिरहेकाे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले अर्थ संसारलाई जानकारी दिएकाे छ । क्यापिटलका अनुसार ढीलाेमा फागुनकाे अन्त्यसम्म आइपिओ निष्कासन गरिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाेमा धितोपत्र बोर्डले फागुन ७ गते, शुक्रबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे थियाे। 

हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ आइपिओ निष्कासनपश्चात कम्पनीकाे पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको