Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको सेयर हतियार बनाई सेयर बजारमा चलखेल ! हाम्रो (सम्पत्ति) शेयरको असुरक्षा भयो-लगानीकर्ता संघहरु

अर्थ संसार

बुधबार, १२ फागुन २०७७, १७ : ०० मा प्रकाशित

निफ्राको सेयर हतियार बनाई सेयर बजारमा चलखेल ! हाम्रो (सम्पत्ति) शेयरको असुरक्षा भयो-लगानीकर्ता संघहरु

सेयर कारोबार गर्दा अनलाइन प्रणालीमा बारम्बार समस्य आएपछि लगानीकर्ताका संघहरुले संयुक्तरुपमा विज्ञप्ती निकाली विरोध गरेका छन् ।

 नेप्सेको वभसाईटमा समस्या, मेरो सेयरमा समस्या, इडिआईसीको समस्याले क्लोज आउटमा पर्दा लगानी कर्ताले व्यहोर्नु पर्ने क्षति लगायतको विषय बारम्बार नियामक निकायलाई भनेपनि समधान गर्न तर्फ ध्यान नदिएको लगानीकर्ता संघहरुको भनाई छ ।   

संयुक्त प्रेस विज्ञप्ति

विश्वले सर्वमान्य रूपमा स्विकार गरेको देशको अर्थतन्त्रको ऐनाको उपमा दिईएको पुँजीबजार जस्तो गरिमामय क्षेत्रलाई ३५ खर्व भन्दा माथी पुँजिकरण भएको र CDSC को Website बाट प्राप्त आजको रेकर्ड अनुसार २९ लाख २५ हजार ८ सय ९७ हितग्राही खाता (डिम्याट खाता) मार्फत कारोवार गरिरहेका र सक्रिय लगानिकर्ताहरूको सहभागिता रहेको नेपालको पुँजीबजार सन्चालन गर्ने जिम्मा पाएका जिम्मेवारी प्राप्त पदाधिकारी वा संस्था बाट यस क्षेत्रलाई गैर जिम्मेवारी पुर्वक सन्चालन गर्दै आएका र हामिले जे गर्दा पनि हुन्छ भन्ने मानसिकता बाट ग्रसित भएर पुँजीबजार सन्चालन गरिरहेका छन भन्ने कुरा आजको शेयर कारोवार गर्ने नेपालको पुँजीबजारमा उत्पन्न भएको परिघटनाले पुन: पुष्टि गरेको छ ।हामी पुँजीबजारमा कारोवार गर्ने लगानीकर्ताहरूको हक हितको लागि खोलिएका संघ संगठनहरूले वारम्वार गुनासो गर्दै आएको TMS,Nepse को Website को समस्या,Mero Share को समस्या त्यसमा पनि अनलाईन कारोवार गर्दा लगानिकर्ताका कुनै पनि कमिकमजोरी नहुँदा नहुँदै पनि झेल्नु परेको विभिन्न समस्या मध्ये EDIS को मुख्य समस्याले गर्दा Close out मा परेर दैनिक करोडौंको क्षति व्यहोर्नु परेको व्यहोरा सर्वविदितै छ ।२०७५ सालमा सन्चालनमा आएको अनलाईन प्रणालीमा सुरूवाती दिन देखिनै देखापरेका समस्याहरू समाधान हुनुको साटो झन झन विकराल रूप लिंदै आज २०७७ साल फागुन १२ गते NIFRA को शेयरको कारोवारको अप्राकृतिक मुल्य र त्यसले समग्र परिसुचकमा पारेको नकारात्मक परिणामले श्रृजना गरेको लगानिकर्ताको मनोविज्ञान र राष्ट्रको एक मात्र पुँजीबजार सन्चालक निकाय प्रतिको लगानिकर्ताहरूको विश्वसनीयतामा नराम्रो धक्का लागेको र हाम्रो (सम्पत्ति) शेयरको असुरक्षा भएको व्यहोरा सम्वन्धित निकायमा जानकारी गराउन चाहान्छौं । पुँजीबजारमा भर्खर सर्व साधारण जनताको चासो र विश्वास बढ्दै गरेको,देशको आर्थिक पाटो समेत सुधारोन्मुख हुँदै गएको परिप्रेक्ष्यमा आज अचानक NIFRA को शेयरलाई हतियार बनाएर परिसुचकमा नियोजित रूपमा नकारात्मक सुचक देखाई लगानिकर्ताहरूको मनोविज्ञान संग खेलवाड गर्ने जो कोही पनि व्यक्ति,संस्था वा निकायहरूको यस्ता अवान्छित गतिविधीलाई हामी लगानिकर्ताहरूले कति समय सम्म सहेर बस्ने हो ? यस्ता मनोवृत्ति र घटनाहरूको नदोहोरिने कुराको प्रत्याभूति सम्बन्धित निकाय बाट हामिले कहिले गर्न पाउने हो ? यावत प्रश्नहरूको उत्तर सम्बन्धित निकाय बाट यथासिघ्र सम्बोधन र समस्याको समाधानको लागि विमम्रतापुर्वक अनुरोध गर्दछौं ।

60366e2879d54.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको