Like us!
Follow us!
Connect us!
Watch us!

लगातार चौथो दिन समेत घट्यो नेप्से,१० अर्ब बढीको कारोबार

अर्थ संसार

विहीबार, २२ फागुन २०८१, १५ : १८ मा प्रकाशित

लगातार चौथो दिन समेत घट्यो नेप्से,१० अर्ब बढीको कारोबार

सेयर बजार घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । नेप्से आज २.७० अकंले घटेर २८१८.४३ बिन्दुमा बन्द भएको छ । आज ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब १० करोडको सेयर कारोबार भएकोछ ।

आज चार उपसूचक बाहेक अन्य सबै सूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.०३ प्रतिशत, विकास बैंक समूहको १.८६ प्रतिशतसहित चार कम्पनीको सेयरमा बढेको हो ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

गार्डियन माइक्रो लाइफको सेयर दोस्रो बजारमा कारोबारमा आएकै दिनबाट लगातार सकारात्मक सर्किट लागिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको