Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको दौड जारी - ७५ अकंको वृद्धिसँगै बजारमा नयाँ रौनक,मार्केटमा बुल आएको हो ?

अर्थ संसार

आइतबार, १८ फागुन २०८१, १५ : ०७ मा प्रकाशित

नेप्सेको दौड जारी -  ७५ अकंको वृद्धिसँगै बजारमा नयाँ रौनक,मार्केटमा बुल आएको हो ?

मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षापछि सेयर बजारमा नयाँ रौनक छाएको छ । 

आज नेप्से ७५.२४ अकंले बढेर २८९०.२८ बिन्दुका बन्द भएको छ । आज ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २५ करोडको कारोबार भएको हो ।

यसदिन म्युचुअल फण्ड समूह बाहेक अन्य सबै सूचकमा हरियाली देखिएको छ । बजार बैंकिङ समूहको २.५३ प्रतिशत, विकास बैंक समूहको ३.८८ प्रतिशतले सेयरमूल्य बढेको छ ।आइतबार १९६ कम्पनीको सेयरमूल्य बढेको छ भने ४४ कम्पनीको घटेको छ । आज ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९७ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्ट्रिलरी, गार्डियन माइक्रो लाइफ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको