Like us!
Follow us!
Connect us!
Watch us!

अहिलेको बुलिस ट्रेन्डमा लगानीको चार गुणा मुनाफा कमाएँः लगानीकर्ता पुष्पा कोइराला (घिमिरे)

लगानीकर्ताको आवाज

विहीबार, १३ फागुन २०७७, १० : २७ मा प्रकाशित

लगानीकर्ता पुष्पा कोइराला (घिमिरे) सेयर बजारमा प्रबेश गर्नुअघि पूर्ण समय शिक्षण पेसामा संलग्न थिइन् । आफ्नो दाईको प्रेरणाले सेयर बजारमा प्रबेश गरेकी कोइरालाले अहिले सेयर बजारबाट राम्रो नाफा कमाइरहेकी छिन् । 

बि.सं. २०६९ सालतिर कारोबार प्रारम्भ गर्दा केही कम्पनीहरुमा गरेको लगानीबाट नोक्सानी ब्यहोर्न पुग्दा सेयर बजारबाट बाहिरीनेसम्मको सोच बनाएकी कोइरालाले आफूले सेयर बजारमा गरेको लगानीबाट ४ गुणाभन्दा पनि मुनाफा हासिल गरेको बताउँछिन् । 

कम्पनीका बारेमा राम्रोसँग बुझेर, अध्ययन गरेर लगानी गर्दा लगानीकर्ताहरुले नोक्सानी व्यहोर्न नपर्ने उनको तर्क छ । सुरुवातमा चिलिमेको सेयरबाट राम्रो मुनाफा हासिल गरेपछ cfFफू सेयर बजारमा आकर्षित हुन पुगेको उनी बताउँछिन् । 

कम आम्दानी भएका बिद्यार्थी तथा बिभिन्न पेसामा आवद्ध व्यत्तिmहरुले आफ्नो आम्दानीको १० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न सकेमा त्यसले दीर्घकालिन रुपमा फाइदा दिने उनी बताउँछिन् । 

यो बर्षको बुलिस ट्रेन्डमा सेयर बजारमा गरेको लगानीको चार गुणाभन्दा बढी आम्दानी हासिल गरेकी कोइरालाले आफूलाई नेपाल पुनर्बिमा कम्पनीको सेयरले राम्रो मुनाफा दिएको बताउँछिन् । 
अहिलेको सेयर बजारको समग्र अवस्था र बजारको ब्यत्तिmगत अनुभवबारे सफल लगानीकर्ता पुष्पा कोइराला (घिमिरे) सँग लगानीकर्ताको आवाजका लागि अर्थसंसारकर्मी कृष्ण भट्टराईले गरेको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको