Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकले गर्याे ऋणपत्र बाँडफाँड

अर्थ संसार

विहीबार, १३ फागुन २०७७, १० : ३५ मा प्रकाशित

कामना सेवा विकास बैंकले गर्याे ऋणपत्र बाँडफाँड

कामना सेवा विकास बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेकाे छ । 

बैंकले माघ २२ गते, बिहीबारबाट फागुन ६ गते, बिहीबारसम्म १० वर्ष अवधिको लागि ‘१० वर्ष, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ नाममा एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । साेही ऋणपत्र बैंकले बाँडफाँड गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  ६ लाख कित्ता बिक्री गरेकाे थियाे । 

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदनहरू प्रशाेधन गर्दा ८ लाख ९९ हजार ३ सय ६८ कित्ता ऋणपत्र हिजाे (फागुन १२ गते, बुधबार) बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60372d2d5a737.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको