नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले माघ २७ गतेबाट बिक्री खुल्ला गरेकाे 'नागरिक बचतपत्र २०८२, (क)' आज (फागुन १३ गते, बिहीबार) देखि बिक्री बन्द गरिएकाे छ ।
यसअघि फागुन १८ गतेसम्मका लागि बिक्री खुल्ला गरिएकाेमा हिजाे (फागुन १२ गते, बुधबार) सम्ममा मागभन्दा धेरै आवेदन परेकाे हुनाले बिक्री बन्द गरिएकाे नेपाल राष्ट्र बैंकले जानकारी दिएकाे छ ।
नेपाल राष्ट्र बैंककाे राष्ट्र ऋण व्यवस्थापन विभागले माघ २७ गतेबाट ९ प्रतिशत व्याजदरकाे २ अर्ब बराबरकाे 'नागरिक बचतपत्र २०८२, (क)' "५वर्षे" माघ २७ गतेबाट बिक्री खुल्ला गरेकाे थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस