Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार ओराला यात्रामा : ४४.९४ अंकले घट्यो नेप्से

नेप्से

विहीबार, १३ फागुन २०७७, १५ : ०३ मा प्रकाशित

सेयर बजार ओराला यात्रामा : ४४.९४ अंकले घट्यो नेप्से

साताकाे अन्तिम दिन आज (बिहीबार) पनि शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । बिहीबार शेयर बजारमा भारी अंककाे गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ४४.९४ अंकले घटेर २५५४.१३ मा पुगेकाे छ । नेप्से १.७३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५३ अंकले घटेर ४६१.८१ मा पुगेको छ ।

कूल २०६ वटा कम्पनीकाे एक कराेड ५८ लाख ५६ हजार एक सय ७१ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार ४ सय १४ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार बिहीबार कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै उपसमूहकाे शेयर राताम्मै देखिएकाे छ ।

त्यसैगरी, बिहीबार काराेबार रकमकाे आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । बैंककाे ९० कराेड ३५ लाख ६७ हजार ५ सय ७७ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

           हेराैं आजकाे शेयर तालिका :

60376e43936c4.jpg 60376e4be67bc.jpg 60376e52ad6f0.jpg 60376e5a02881.jpg 60376e62e9f0a.jpg 60376e6b979ce.jpg 60376e75d4dfe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको