Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तको आइपिओ बाँडफाँड आज, २.५ प्रतिशतले मात्र सेयर हात पार्ने

अर्थ संसार

शुक्रबार, १४ फागुन २०७७, ०६ : ५३ मा प्रकाशित

महिला लघुवित्तको आइपिओ बाँडफाँड आज, २.५ प्रतिशतले मात्र सेयर हात पार्ने

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आइपिओ) काे बाँडफाँड आज (फागुन १४ गते, शुक्रबार) बाँडफाँड हुँदैछ । उक्त आइपीओकाे प्रि अलोटमेन्ट फागुन ११ गते, मंगलबार सम्पन्न भएकाे थियाे । आइपीओकाे बाँडफाँड हात्तिसारस्थित नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बिहान ८ बजे हुने निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ । 

कम्पनीको आइपिओमा १५ लाख ४० हजार ४८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन  परेको छ । यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ३७ हजार ५०० जना आवेदकले मात्र सेयर हात पार्नेछन् भने बाँकी १५ लाख २ हजार ५ सय ४८ जनाकाे अर्थात् ९७.५ प्रतिशतको हात खाली हुनेछ । माग भन्दा धेरै आवेदन परेकोले उक्त आइपिओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ ।

संस्थाले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको