महिला लघुवित्तले निष्काशन गरेको साधारण सेयर आईपिओको बाँडफाँड सम्पन्न भएको छ । आइपिओ बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आज ९शुक्रबार० बिहान ८ बजे आफ्नो हात्तिसार स्थित कार्यलयमा शेयर बाँडफाँड को काम सम्पन्न गरेको हो ।
कम्पनीको आईपिओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा १५ लाख ३६ हजार ६८२ आवेदकको आवेदन मात्र सदर भएको क्यापिटलले जनाएको छ ।
सदर भएका १५ लाख ३६ हजार ६ सय ८२ जनालाई मात्र गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको हो । १५ लाख ३६ हजार ६ सय ८२ जना योग्य आवेदक मध्ये ३७ हजार ५ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीको आईपिओमा आवेदन दिने आवेदकमध्य १५ लाख २ हजार ५ सय ३५ जना आवेदकहरुको हात खाली भएको छ । जसमा आवेदन रद्द भएकाहरुको संख्या पनि जोडिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस