Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थपियो लगानी समूह, निफ्रा पनि त्यसमै

नेप्से

शनिबार, १५ फागुन २०७७, १० : ५० मा प्रकाशित

नेप्सेमा थपियो लगानी समूह, निफ्रा पनि त्यसमै

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतबारदेखि हुने कारोबारमा १७ वटा परिसूचक गणना गर्ने भएको छ ।

नेप्सेकाे व्यवस्थापनकाे फागुन ७ गतेकाे निर्णय अनुसार भाेलि फागुन १६ गतेदेखि लागू हुने गरि केही सूचिकृत कम्पनीकाे समूह विभाजनमा हेरभेर तथा नयाँ समूहकाे व्यवस्था गरेकाे नेप्सेले जनाएकाे छ ।

यसअघि नेप्सेमा ११ समूहगत परिसूचक रहेकोमा अब लगानी समुह थप गरी १२ वटा समूहका समूहगत परिसूचक कायम गरिएकाे छ । आइतबारदेखि समूहगत १२ परिसूचकसँगै म्युचुअल फण्ड, नेप्से परिसूचक, नेप्से फ्लोट, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट गरी १७ परिसूचक गणना गर्न लागिएको हाे ।

लगानी समूहमा यसअघि अन्य समूहमा रहेका नागरिक लगानी कोष, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडलाई राखिएकाे छ ।

यसका साथै, होटल तथा पर्यटन समूहमा चन्द्रागिरी हिल्स लिमिटेड थपिएको छ र यसअघि होटल समूहमा रहेका ओरियण्टल होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल र याक एण्ड यति होटल लिमिटेड होटल तथा पर्यटन समूह अन्तर्गत रहेर कारोबार हुने भएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

6039db3cdcab1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको