Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार राताम्य,किन लाग्दैछ निरन्तर ओरालो ?

अर्थ संसार

आइतबार, १६ फागुन २०७७, १२ : २० मा प्रकाशित

सेयर बजार राताम्य,किन लाग्दैछ निरन्तर ओरालो ?

आज आइतबार साताको पहिलो दिन नेप्से परिसुचक ओरालो लागेको छ । आज यो समाचार तयार पार्दा सम्म नेप्से परिसुचक ६०.८२ अंकले घटेर २४९३.३२ को बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । 
अघिल्लो साताको अन्तिम दिन बिहिबारकोे कारोबारमा पनि नेप्से परिसुचक ४४.९४ अंकले घटेर २५५४.१३ को बिन्दुमा पुगेको थियो । 

देशमा आएको राजनितीक उथलपुथल संगै नेपालको सेयर बजार पनि प्रभावित हुन पुगेको छ । अहिले सम्म पनि राजनितीक रुपमा स्पष्ट परिदृष्य नदेखिएको र राजनितीक भविश्य कस्तो हुने, कस्को नेतृत्वमा सरकार गठन हुन लगायतका राजनितीक अन्यौलताका कारण सेयर बजार प्रभावित भएको बिश्लेषण कतिपय लगानीकर्ताहरुको छ । 

कतिपय सेयर बिश्लेष्कहरु भने अहिलेको सेयर बजारको करेक्सन प्राबिधिक रुपमा सामान्य नै मान्छन् । अहिलेको सेयर बजारको यात्रा देशमा आएको राजनितीक परिवर्तका कारणमात्र भएको नभई सेयर बजारको प्राबिधिक पक्षहरुका कारण पनि बजार ओरालो लागेको उनिहरुको तर्क छ ।
बजारमा आर्थिक तरलतामा कमि आएको समाचारहरु प्रबाह भएसंगै कतिपय लगानीकर्ताहरुले सेयर बजार घट्ने आकलनका साथ आफ्नो मुनाफा बुक गर्न खोज्दा बजार ओरालो लागेको तर्क पनि कतिपय लगानीकर्ताहरुको छ ।    

603b3aaa962d5.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको