Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले ८ अर्ब १३ कराेडको ट्रेजरी बिक्री गर्दै

अर्थ संसार

आइतबार, १६ फागुन २०७७, १४ : ४१ मा प्रकाशित

राष्ट्र बैंकले ८ अर्ब १३ कराेडको ट्रेजरी बिक्री गर्दै

 नेपाल राष्ट्र बैंकले ८ अर्ब १३ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले २८ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल चैत्र १७ गते परिपक्क हुनेछ । यसैगरी, बैंकले ९१ दिनकाे अवधिकाे लागि ३ अर्ब १३ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल जेठ १८ गते परिपक्क हुनेछ । 

त्यसैगरी, भाेलि (फागुन १७ गते, साेमबार) ३ बजे बोलकबाेल भएर पर्सी (फागुन १८ गते, मंगलबार) ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

 ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

603b5b1dc695c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको