Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पहिरो, शिखर इन्स्योरेन्स कारोबारमा अब्बल

नेप्से

आइतबार, १६ फागुन २०७७, १५ : ०३ मा प्रकाशित

सेयर बजारमा पहिरो,  शिखर इन्स्योरेन्स कारोबारमा अब्बल

साताकाे पहिलाे दिन आज (आइतबार) सेयर बजारमा पहिराे गएकाे छ । पछिल्लाे केही समयबाट सेयर बजारले निरन्तर ओरालाे यात्रा तय गर्दै आएकाे छ । यसअघि पाैष ५ गते संसद विघटनकाे कुरा उठेकाे दिन नेप्से ९६.८८ अंकले घटेकाेमा आज नेप्से ७९.७४ अंकले घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७९.७४ अंकले घटेर २४७४.३९ मा पुगेकाे छ । नेप्से ३.१२ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १४.५३  अंकले घटेर ४४७.२९ मा पुगेको छ ।

कूल २०७ वटा कम्पनीकाे एक कराेड ६० लाख १७ हजार ३ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८ सय १४ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार आइतबार कारोबार भएका कूल १३ उपसमूहमध्ये हाेटल र पर्यटन बाहेक सबै उपसमूहकाे शेयर राताम्मै देखिएकाे छ ।

त्यसैगरी, आइतबार काराेबार रकमकाे आधारमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीकाे एक अर्ब २ कराेड १६ लाख ३२ हजार ८ सय २४ रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे हाे ।

           हेराैं आजकाे शेयर तालिका :

603b633b53e90.jpg 603b634171061.jpg 603b634a0031e.jpg 603b6351e0cb9.jpg 603b635ef2db9.jpg 603b63739573e.jpg 603b6380d0d9f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको