Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकको ऋणपत्र निष्कासन मिति परिवर्तन

अर्थ संसार

मंगलबार, १८ फागुन २०७७, ०८ : ०६ मा प्रकाशित

प्राइम बैंकको ऋणपत्र निष्कासन मिति परिवर्तन

प्राइम कमर्सियल बैंक लिमिटेडले फागुन १९ गते बुधबारबाट ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गर्ने भनेकाेमा उक्त मिति परिवर्तन भएकाे छ । अब उक्त  ऋणपत्र फागुन २८ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला हुनेछ । बैंकले प्राविधिक कारणले गर्दा मिति परिवर्तन गरेकाे हाे ।

बैंकले ८ वर्ष अवधिको लागि ‘८.७५ प्रतिशत, ८ वर्ष प्राइम डिबेन्चर २०८५’ नाममा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । कुल ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  २१ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकाेमा ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी काेषकाे हिस्सा रहनेछ ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । लगानीकर्ताले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको