Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले ल्यायो आरएमडीसी लघुवित्तको सेयर लिलामीमा

अर्थ संसार

मंगलबार, १८ फागुन २०७७, ११ : ४९ मा प्रकाशित

एनआईसी एशिया बैंकले ल्यायो आरएमडीसी लघुवित्तको सेयर लिलामीमा

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक समूहकाे शेयर आज (फागुन १८ गते, मंगलबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ ।

बैंकले आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २ लाख २० हजार कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे । उक्त शेयरकाे न्युनतम मूल्य ४३४ रूपैयाँ ताेकिएकाे छ । 

लगानीकर्ताले आज (फागुन १८ गते, मंगलबार) बाट चैत्र २३ गतेसम्म न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

603dd6160a5d2.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको