Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लघुवित्तको निष्क्रिय कर्जा बढेर १.३७ % पुग्दा, प्रति सेयर आम्दानी के भयो ?

अर्थ संसार

मंगलबार, ०५ बैशाख २०८०, ०८ : ५५ मा प्रकाशित

आरएसडिसी लघुवित्तको निष्क्रिय कर्जा बढेर १.३७ % पुग्दा, प्रति सेयर आम्दानी के भयो ?

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

कम्पनीले सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिन्छ। 

लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गएको आर्थिक वर्षको सोहि अवधिसम्म कम्पनीले ९ करोड ४३ लाख कमाएको थियो। यो ८.८१ प्रतिशतले घटेको हो। 

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको तुलनामा ४ करोड ८३ लाखले बढेको देखिन्छ। यो २९.२२ प्रतिशतले बढेको हो। 

लघुवित्तको कुल सञ्चालन आम्दानी पनि ४ करोड ७२ लाखले बढेको छ यो  २६।०६ प्रतिशतले  बढेको छ। 

.समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा(NPL) ०.२३ प्रतिशतबाट बढेर १.३७ प्रतिशत पुगेको छ। 

इम्पेरमेन्ट चार्ज १ करोड ९३ लाख रुपैयाँबाट बढेर ७ करोड ३७ लाख रुपैयाँ पुगेको छ। 

लघुवित्तको सञ्चालन मुनाफा ८.८१ प्रतिशतले घटेको देखिन्छ। 

लघुवित्तको प्रति सेयर आम्दानी १३.१९ मा सिमित भएको छ।  गएको सोहि अवधिमा प्रति सेयर आम्दानी १५.६२ थियो। 

चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ६ पैसा रहेको छ।

मूल्य आम्दानी अनुपार ३८ रुपैयाँ ५१ पैसा रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको